Section 15
रचयिताको मृत्युपछि प्रकाशित रचनाको संरक्षण अवधि
दफा १४ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै रचनाको रचयिता एउटै भए निजको र दुई वा दुई भन्दा बढी रचयिता भए ती मध्ये कुनै एकको मृत्यु भएपछि प्रकाशित रचनाको हकमा सो रचना प्रकाशन भएको वर्षबाट पचास वर्षसम्म संरक्षित हुनेछ ।